गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय एकीकृत सेवा कार्यालय, कास्की
आज: २०२६-०३-३०
Flag
पृष्ठभूमि
प्रकाशन मिति: 2079-12-30

शिक्षा,संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश, पोखरा अन्तर्गतका गण्डकी प्रदेशका सवै ११(एघार)जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने गरी गण्डकी प्रदेश मन्त्रिपरिषद बाट संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भए वमोजिम कास्की जिल्लामा समेत मिति २०७८।०५।१६ गतेबाट शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको भवनमा सामाजिक विकास कार्यालय स्थापना भै सञ्चालनमा आएको

       संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश स्थानीय तह गरी तीन तहमा रुपान्तरण भएको         तीनै तहले नेपालको  संविधान बमोजिम राज्यशक्तिको प्रयोग मार्फत नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास समृद्धिको आकांक्षा पूरा गर्न समयानकुल  प्रशासनिक सरंचनाको स्थापना, विस्तार, परिमार्जन तथा सञ्चालन गर्ने क्रम जारी नै रहेको

यसै बीचमा गण्डकी प्रदेश सरकार (कार्यवविभाजन) नियमावली,२०७४ मा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास  मन्त्रालयको कार्यजिम्मेवारी, कार्यवोझ तथा कार्यप्रकृति समेतलाई दृष्टिगत गरी मन्त्रालयको अधिकार कार्यक्षेत्राधिकार भित्र पर्ने नीति,  योजना तथा कार्यक्रमको सशक्त प्रभावकारी रुपबाट कार्यान्वयन गरी अपेक्षित उपलव्धि हासिल गर्न मन्त्रालय अन्तरगत जिल्लास्तरमा प्रशासनिक सयंन्त्रको रुपमा कास्की जिल्लामा समेत सामाजिक विकास कार्यालय स्थापना भएको

संघिय प्रणालीको सोच अनरुप स्थापना भएको यस सामाजिक विकास कार्यालयको मूलभूत जिम्मेवारी अन्तर्गत शिक्षा सम्वन्धी जिल्लागत समीक्षा तथा स्थितिपत्र निर्माण, जिल्ला भित्रका धार्मिक , सांस्कृतिक तथा ऐतिहासिक महत्वको पहिचान बोकेका स्थानहरुको सरंक्षण  तथा मर्मत सभांर, सामुदायिक विद्यालय तथा भवन निर्माण, मर्मत सभांर, खेलकुद विकास तथा सो सग संवन्धित पूर्वाधा विकास  लगायतका कार्यहरु पर्दछन्

यसका अतिरिक्त अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास तथा पुनस्थापना ,ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप अनभुवको  अन्तरपुस्ता हस्तान्तरण,स्थानीय तहका महिला शाखाका कर्मचारीहरुको क्षमता विकास,लैंगिक हिसां तथा सामाजिक कुरीति न्यूनिकरण  तथा महिला सशक्तिकरण, बालमैत्री स्थानीय शासन प्रवर्धन, महिला विकास कार्यक्रमद्वारा प्रवर्द्धित महिला सहकारी संस्थाहरुको  संस्थागत विकास तथा क्षमता विकास अभिवृद्धि लगायतका महिला, बालवालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा समाज कल्याण संग सम्वन्धित क्षेत्रहरुको उत्थान, सशक्तिकरण, सरंक्षण तथा विकास लगायतका उल्लेखनिय कार्यहरु सम्पादन गर्ने उद्देश्यबाट  निर्देशित भै सामाजिक विकास कार्यालय स्थापना भएको  

गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय र एकीकृत सेवा कार्यालय, कास्की सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
पुरा नाम राख्नुहोस।
मोबाईल नं. राख्नुहोस।
ठेगाना राख्नुहोस।
विवरण राख्नुहोस।

कार्यालय भएको स्थान


Site Map Visits : 29315